काठमाडौँ - एनएलजी इन्स्योरेन्स कम्पनीले मंसिर ११ गतेदेखि १० बराबर ६.२५६ को अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको छ।
अर्थात् एक सय कित्ता सेयर हुनेले ६२.५६ कित्ताको लागि आवेदन दिन पाउँछन्। कात्तिक २७ गतेसम्म सेयर स्वामित्व हुनेले कम्पनीको हकप्रदमा आवेदन दिन पाउँनेछन्। कम्पनीको हकप्रदमा पुस १ गतेसम्म आवेदन दिन पाइने छ।
हाल बजारमा कम्पनीको सेयर एक हजार तीन सय ३० रूपैयाँमा कारोबार भइरहेको छ। यो कम्पनीको हकप्रदको मूल्य प्रतिकित्ता एक सय रूपैयाँ हो। बीमा प्राधिकरणको निर्देशन अनुसार चुक्ता पुँजी दुई अर्ब ५० करोड पुर्याउन कम्पनीले हकप्रद नारी गर्न लागेको हो।
यस पछि कम्पनीको चुक्ता पुँजी तोकिए अनुसार पुग्नेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल छ।
प्रतिक्रिया