निर्माण व्यवसायीको ५ अर्ब ५ करोड रकम भुक्तानी, ३ अर्ब ६६ करोड बाँकी

विहीबार, २२ कार्तिक २०८१, १२ : ४७

काठमाडौँ - निर्माण व्यवसायीलाई ५ अर्ब ५ करोड रकम भुक्तानी गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनएको छ ।

मन्त्रालयले गत वर्ष निर्माण व्यवसायीहरूलाई भुक्तानी गर्न योग्य भइसकेको तर भुक्तानी गर्न नसकेको मन्त्रालय अन्तर्गत ८ अर्ब ७१ करोडमा ५ अर्ब ५ करोड भुक्तानी गरेको छ ।

अर्थ मन्त्रालयले साउन १ गते मन्त्रालयको बजेटबाट रकम रकमान्तर गर्ने वा अघिल्लो त्रैमासिकको पनि अगाडि तानेर भुक्तानी गर्न सहमति दिए बमोजिम ६० प्रतिशत रकम भुक्तानी गरिएको हो ।

८ अर्ब रकम भुक्तानी गर्नुपर्नेमा अझै ३ अर्ब ६६ करोड रकम निर्माण व्यवसायीहरूलाई भुक्तानी गर्न बाँकी रहेको छ । अर्थ मन्त्रालयमा निर्माण व्यवसायीको भुक्तानीको लागि रकम निकासा माग गरिए पनि विनियोजन विधेयकले गर्दा पहिलो तीन महिना भुक्तानी गर्न नसकिएको मन्त्रालयले जनाएको छ ।

विहीबार, २२ कार्तिक २०८१, १२ : ४७

प्रतिक्रिया