काठमाडौँ - पुल्चोक इन्जिनियरिङ क्याम्पसमामङ्सिर १६ देखि १८ गतेसम्म ‘पुल्चोक नमुना राष्ट्र सङ्घ’ (मोडेल युनाइडेड नेसन्स) कार्यक्रम आयोजना हुने भएको छ ।
इन्जिनियरिङ विथआउट बोडर्रस पुल्चोकको सहकार्यमा नमुना राष्ट्र सङ्घ कार्यक्रम आयोजना हुन लागेको हो । स्नातक तहका विद्यार्थीहरूलाई प्राथमिकतामा राखिएर उक्त कार्यक्रममा पुल्चोक क्याम्पसका मात्र नभई अन्य क्याम्पसका विद्यार्थीले समेत भाग लिने पाउनेछन् ।
कार्यक्रममा भाग लिने सहभागीहरूले विभिन्न देशको प्रतिनिधिको रूपमा प्रस्तुत हुनुपर्नेछ । त्यसमा उनीहरूले राष्ट्र सङ्घका गरिने छलफलमा झैँ विभिन्न विषयमा छलफल गर्नुका साथै अन्तर्राष्ट्रिय भूराजनीतिका विषयमा समेत सिक्ने अवसर पाउनेछन् ।
पुल्चोक नमुना राष्ट्र सङ्घ कार्यक्रमलाई पुल्चोक क्याम्पसले आधिकारिक मान्यता दिएको छ । गत वर्षदेखि सुरु भएको कार्यक्रम अहिले दोस्रो संस्करण हो ।
प्रतिक्रिया