अवैध चिनी बरामद गर्दा सशस्त्र प्रहरी र राजस्व टोलीमाथि ढुंगा प्रहार

शुक्रबार, २३ कार्तिक २०८१, १३ : ३२

काठमाडौँ - रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुझानाबाट कात्तिक २२ गते सशस्त्र प्रहरी र राजस्व अनुसन्धान कार्यालयको टोलीले एक सय १२ बोरा चिनी बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपाल ल्याई गोदाम गरी राखेको भन्ने सूचनाका आधारमा खटिएको सशस्त्रको राजस्व प्रहरी इकाई र राजश्व अनुसन्धान कार्यालय बुटवलको टोलीले शुक्रबार चिनी बरामद गरेको हो ।

बरामद चिनी राजस्व अनुसन्धान कार्यालय लैजाने क्रममा तस्कर समूह र स्थानीय व्यक्तिसहितको भिडले बाटो अवरुद्ध गरी ढङ्गामुढा समेत प्रहार गरेका थिए ।

सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमाण्डमा खटिएको ७० जनाको टोलीले भिडलाई तितरबितर पारी बरामद चिनी राजस्व अनुसन्धान कार्यालय, बुटवलमा  बुझाइएको छ । 
 

शुक्रबार, २३ कार्तिक २०८१, १३ : ३२

प्रतिक्रिया