दलित समुदायबाट विद्यावारिधि गर्नेलाई सम्मान

शुक्रबार, २३ कार्तिक २०८१, १६ : ११

काठमाडौँ - समता फाउण्डेशनले दलित समुदायबाट विद्यावारिधि (पीएचडी) उपाधि हासिल गर्ने विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ ।

समता फाउण्डेशनद्वारा आज आयोजित कार्यक्रममा सम्मानित हुनेमा डा.मदनप्रसाद परियार, डा. चेतबहादुर परियार, डा. द्रोण रसाइली, डा. विष्णु परियार, डा. पूर्णबहादुर नेपाली, डा. इन्दिरा सुन्दास, डा. मानबहादुर विक, डा. रविना जी रसाइली, डा. विष्णुमाया परियार, डा. गङ्गाराम विश्वकर्मा, डा. श्याम परियार, डा. यामबहादुर किसान, डा. आइत विश्वकर्मा, डा. अमित परियार, डा. बुद्धि नेपाली, डा. रमेश सुनाम, डा. मित्र परियार, डा. निर्मलकुमार विश्वकर्मा र डा. शेखर परियार छन् ।

यसैगरी डा. कृपाराम विश्वकर्मा, डा. मोम विश्वकर्मा, डा. रमेश परियार, डा. दिनेश हरिजन, डा. रत्नबहादुर वाग्चन, डा. श्यालाल मगराती, डा. अमरबहादुर विक, डा. नन्दलाल दर्नाल, डा. यामबहादुर विक र डा. पूर्णबहादुर विश्वकर्मा छन् ।

कार्यक्रममा वन तथा वातावरण राज्यमन्त्री रुपा विक, फाउण्डेशनका अध्यक्ष डा. मदनप्रसाद र पूर्वराजदूत पदम सुन्दासले संयुक्त रूपमा उनीहरूसहित वरिष्ठ अधिवक्ता नारायण नेपाललाई सम्मान गरे  ।

फाउण्डेशनका अध्यक्ष अध्यक्ष मदनप्रसादले दलित समुदायका नयाँ पुस्तालाई प्रेरणा होस् भन्ने उद्देश्यले दलित समुदायबाट विद्यावारिधि उपाधि हासिल गर्ने व्यक्तित्वलाई फाउण्डेशनले सम्मान गरेको बताए ।

शुक्रबार, २३ कार्तिक २०८१, १६ : ११

प्रतिक्रिया