काठमाडौँ - लघु बीमा कम्पनीहरूलाई लघु बीमकहरुको चुक्ता पुँजी वृद्धि गर्न कायम चुक्ता पुँजीको ३० प्रतिशत आइपिओ निष्कासन गर्न नेपाल बीमा प्राधिकरणले निर्देशन दिएको छ।
हाल ४ निर्जीवन लघु बीमक र ३ लघु जीवन बीमक गरी ७ वटा लघुबीमा कम्पनी सञ्चालनमा छन्। प्राधिकरणले लघुबीमा कम्पनी सञ्चालन हुनु अगावै कम्पनीको न्यूनतम चुक्ता पुँजी ७५ करोड रुपैयाँ तोकेको थियो । त्यसमध्येमा ७० प्रतिशत संस्थापक शेयर धनीको लगानी रहेको छ भने बाकी ३० प्रतिशत सर्वसाधारणमा आइपिओ जारी गरिने छ।
प्राधिकरणले आगामी वार्षिक साधारण सभामा ३० प्रतिशत आइपिओ जारी गर्ने प्रस्ताव पेश गर्न निर्देशन दिएको छ । निर्देशिका बमोजिम लघुबीमा कम्पनीहरू पब्लिक कम्पनी लिमिटेड कम्पनीको रूपमा दर्ता हुनुपर्ने र चुक्ता पुँजीको न्यूनतम ३० प्रतिशत सेयर ९आइपिओ०सर्वसाधारणलाई निष्कासन गर्नुपर्नेछ ।
हाल लघुबीमा कम्पनीहरूको चुक्ता पुँजी ७५ करोड रुपैयाँ छ । कम्पनीहरूले ७५ करोड रुपैयाँ चुक्ता पुँजीको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपिओ सर्वसाधारणमा निष्कासन गर्नुपर्नेछ ।
प्राधिकरणले लघुबीमा कम्पनीहरूलाई लाइसेन्स वितरण गर्दा चुक्ता पुँजीको ३० प्रतिशत आइपिओ जारी गरी चुक्ता पुँजी जुटाउन निर्देशन दिएको थियो । सोही बमोजिम नै प्राधिकरणले तत्काल आइपिओ निष्कासन गरी लघुबीमकको चुक्ता पुँजी वृद्धि गर्न निर्देशन दिएको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया