काठमाडौं– आज कार्तिक २५ गते आइतवार १०– नोभेम्बर २०२४ । कार्तिक शुक्लपक्ष नवमी तिथि, १६ः४४ बजेपछि दशमी । धनिष्ठा नक्षत्र, ७ः५५ बजेपछि शतभिषा। चन्द्रराशि कुम्भ। तदनुसार आजको राशीफल यसप्रकार रहेको छ :
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) राशी भएकाहरुलाई आज कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ, तर स्वास्थ्य प्रति गम्भीर रहनु होला ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) राशी भएकाहरुको पुनर्मिलनको योग रहेको छ । विश्वास गरेकाले साथ दिनेछन् । सामाजिक कार्य सफल हुनेछ । प्रेमका कोपिलाहरू पक्रिएर जानेछन् ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) राशी भएकाहरुको आज धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा नै हुनेछ । घरपरिवारको भेटघाटले मन प्रसन्न पनि रहनेछ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) राशी भएकाहरु प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् । आर्थिक कारोबारमा मन्दी आउनेछ । स्वास्थ्यमा समस्याका आउन सक्छ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) राशी भएकाहरुको आज कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शुभकार्य र नयाँ कार्यको योजना बन्नेछ । पढाइ लेखाइमा विस्तारै प्रगति हुँदै जानेछ ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) राशी भएकाहरुलाई आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रशासनिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । साँझमा भने खर्च बढ्न सक्छ ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) राशी भएकाहरुको आज प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आयआर्जनका क्षेत्र भने कमजोर नै रहला ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) राशी भएकाहरुको आज मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । अरुको भर पर्दा धोका पाइनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ ।
धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे) राशी भएकाहरुको आज पारिवारिक भेटघाट हुनुका साथै इस्टमित्रहरूसँग पनि मेलमिलाप हुनेछ । शैक्षिक क्षेत्रमा राम्रै हुनेछ । प्रेममा पनि सफलता पाइनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) राशी भएकाहरुलाई आज कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) राशी भएकाहरुलाई आज अग्रज व्यक्तिको सहयोग मिल्नेछ । पारिवारिक सुख र स्वादिष्ट परिकारको अवसर मिल्ला, तर अनावश्यक बाहिर ननिस्केकै जाती ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि) राशी भएकाहरुको आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । राजनैतिक क्षेत्र कमजोर नै होला । चुनौतीको सामना र स्वास्थ्यमा समस्या आउला ।
प्रतिक्रिया