आज कुन विदेशी मुद्राहरुको विनिमयदर कति ?

आइतबार, २५ कार्तिक २०८१, ०६ : ०६

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ । 

आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ घटबढ भएको छैन । अर्थात् शनिबार कारोबार भएकै विनियमदरमा आज पनि सबैजसो विदेशी मुद्राको कारोबार हुने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा छ । हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। 

त्यसैगरी आजको युरो एकको खरिदर एक सय ४५ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ०७ पैसा छ ।  त्यस्तै आजको लागि यूके पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ५४ पैसा छ। 

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८७ पैसा छ । त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ४२ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ३८ पैसा छ । 

बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ३३ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ९२ पैसा छ । 

आइतबार, २५ कार्तिक २०८१, ०६ : ०६

प्रतिक्रिया