आजको मौसमः पहाडी भू–भागमा वर्षा, हिमाली भेगमा हिमपात

आइतबार, २५ कार्तिक २०८१, ०६ : २९

काठमाडौं– आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

पहाडी भू–भागका थोरै स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी  तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

विभागले देशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी  तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

आइतबार, २५ कार्तिक २०८१, ०६ : २९

प्रतिक्रिया