काठमाडौं– चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा घलेम्दी हाइड्रोपावरले ७४ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनी ३ करोड १३ लाख ३४ हजार रुपैयाँ नोक्सानमा थियो । यसको विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै खुद नाफा पनि बढेको हो ।
१ वर्षमा विद्युत् बिक्रीबाट हुने आम्दानी ९६.३३ प्रतिशतले बढेर ४ करोड ६६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष विद्युत् बिक्रीबाट यस कम्पनीले २ करोड ३ लाख ७७ हजार रुपैयाँ आम्दानी गरेको थियो । यस कम्पनीको वित्तीय खर्च पनि घटेको छ । यसले पनि खुद नाफा बढाउन सहयोग पुगेको हो ।
गत वर्ष २ करोड ८७ लाख १२ हजार रुपैयाँ रहेको वित्तीय खर्च यो वर्ष २ करोड ४ लाख ४८ हजार रुपैयाँमा सीमित भएको छ । असोज मसान्तसम्म यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ४५ पैसा र प्रतिसेयर नेटवर्थ ९८ रुपैयाँ ९१ पैसा छ ।
प्रतिक्रिया