शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

आइतबार, २५ कार्तिक २०८१, ११ : १४

काठमाडौं - शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ ।

बैंकको कात्तिक २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०\८१ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ५ प्रतिशत गरी जम्मा ८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुमा वितरण गरिनेछ ।

आइतबार, २५ कार्तिक २०८१, ११ : १४

प्रतिक्रिया