सिटिजन्स बैंकको २५ हजार कित्ता शेयर बिक्रीमा

आइतबार, २५ कार्तिक २०८१, ११ : ४९

काठमाडौँ - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक शेयर धनी चन्द्र इन्भेष्टमेन्ट प्रा.लि.को नाममा रहेको  २५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ ।

शेयर हाल बैंकका विद्यमान संस्थापक शेयर धनीले मात्रै खरिद गर्न पाउँछन् । शेयर खरिद गर्न इच्छुक शेयर धनीले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्ने बैंकले जनाएको छ । शेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम १२५ रुपैयाँ तोकिएको छ। 

साथै तोकिएको म्यादभित्र संस्थापकहरूबाट शेयर खरिदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

आइतबार, २५ कार्तिक २०८१, ११ : ४९

प्रतिक्रिया