बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि ५० अर्ब खिच्दै राष्ट्र बैंक

आइतबार, २५ कार्तिक २०८१, १२ : ०५

काठमाडौँ - नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि केन्द्रीय बैंकले ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । 

निक्षेप संकलन उपकरण बोलकबोलको माध्यमबाट उक्त रकम खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरू मात्र सहभागी हुन पाउने छन् ।

निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नु पर्नेछ ।
 

आइतबार, २५ कार्तिक २०८१, १२ : ०५

प्रतिक्रिया