स्वस्थ भएपछि प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, के-के छ तयारी?

आइतबार, २५ कार्तिक २०८१, १२ : २९

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ बैठक मन्त्रिपरिषदको बैठक बोलाएका छन् । गत साता प्रधानमन्त्री ओली अस्वस्थ भएपछि उनको नियमित भेटघाट समेत सबै बन्द गरिएको थियो।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि गत साता बैठक बस्न सकेको थिएन । तर, उनी केही स्वस्थ भएपछि आज बैठक बोलाइएको हो ।आजको बैठकमा नियुक्ती, बढुवा तथा सरुवाको निर्णय हुने बताइएको छ।

आइतबार, २५ कार्तिक २०८१, १२ : २९

प्रतिक्रिया