पोखरा विश्वविद्यालयमा उपकुलपति चाहियो

आइतबार, २५ कार्तिक २०८१, १३ : ३५

काठमाडौँ - पोखरा विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान भएको छ ।

आज सार्वजनिक सूचना जारी गरी ‘पोखरा विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि २०८१’ बमोजिम १० दिनभित्र दरखास्त दिन भनेको छ ।

उपकुलपति बन्न योग्य तथा इच्छुक उम्मेदवारले मंसिर ४ गतेभित्र दरखास्त दिन सक्ने छन् । पोखरा विश्वविद्यालयको उपकुलपतिमा २०७७ असोज १४ गते नियुक्त भएका प्रा.डा.प्रेमनारायण अर्यालको चार वर्षे कार्यकाल समाप्त भएपछि नयाँ उपकुलपति छनोट प्रक्रिया सुरु गरिएको छ।

शिक्षा मन्त्रालयको सिफारिसमा कुलपति एवम् प्रधानमन्त्रीबाट उपकुलपति नियुक्त हुने व्यवस्था छ ।

आइतबार, २५ कार्तिक २०८१, १३ : ३५

प्रतिक्रिया