राष्ट्रपतिद्वारा चीन र अमेरिकाका लागि राजदूत नियुक्ति

आइतबार, २५ कार्तिक २०८१, १६ : ०७

काठमाडौँ - राष्ट्रपति पौडेलले प्रा.डा. कृष्णप्रसाद ओली र लोकदर्शन रेग्मीलाई आवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रा.डा. कृष्णप्रसाद ओलीलाई जनवादी गणतन्त्र चीनका लागि र लोकदर्शन रेग्मीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा प्रा.डा. ओलीलाई जनवादी गणतन्त्र चीनका लागि र लोकदर्शन रेग्मीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनएको छ ।

आइतबार, २५ कार्तिक २०८१, १६ : ०७

प्रतिक्रिया