काठमाडौँ - काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानको दुरुपयोगको आरोपमा निर्माण कम्पनीलाई जरिवाना गरेको छ।
कोटेश्वरस्थित वडा नम्बर ३२ मा निर्माणाधीन सरस्वती युवा क्लबको कामका लागि सडक पेटीमा सिमेन्ट र बालुवा राखेको भन्दै महानगरले फाल्गुनन्द्र निर्माण सेवालाई १० हजार रुपैयाँ जरिवाना गरेको हो।
महानगर प्रहरीका अनुसार शनिबार उक्त कम्पनीलाई जरिवाना तिराइएको हो । यसअघि पनि महानगरले सार्वजनिक स्थलमा निर्माण सामग्री राख्ने निर्माण कम्पनीहरूलाई कारबाही गर्दै आएको छ।
सार्वजनिक स्थानमा अव्यवस्थित सामग्री राख्दा सर्वसाधारणलाई असुविधा हुने भएकाले यो कदम चालिएको महानगरले जनाएको छ।
प्रतिक्रिया