एभरेष्ट बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच  सम्झौता

आइतबार, २५ कार्तिक २०८१, १७ : १९

काठमाडौँ - एभरेष्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच Alipay+ को नेटवर्कमा रहेका सदस्य वालेटहरु मार्फत NEPALPAY मर्चेन्टहरुका QR मा अन्तरदेशीय भुक्तानी गर्नका लागि सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङ्गज्यू तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । यस सम्झौता अन्तर्गत नेपालमा रहेका NEPALPAY QR  तथा यसका interoperable QR को मर्चेन्ट QR df Alipay+ को नेटवर्क मार्फत भुक्तानी गर्न सकिने छ ।

चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरुले आनो डोमेस्टिक वालेट मार्फत  नेपालमा रहेका NEPALPAY QR तथा यसका interoperable QR  मा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

Alipay+ को नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केट अन्तर्गत ३० भन्दा बढि इसुइङ्ग उपकरण, ३०० भन्दा बढि  acquiring network, ९ करोड भन्दा बढि ग्लोबल मर्चेन्टहरु आबद्ध रहेका छन् । Alipay+ को नेटवर्कमा Alipay China, OCBC, Changipay,Gcash, AlipayHK, Hipay, KakaoPay, TossPay, NaverPay, TnGD, PBB, TrueMoney,Mpay, Tinaba मार्फत अन्तरदेशीयभुक्तानीहरु गर्न सकिने व्यवस्था रहेको छ ।  

एनसीएचएलले] Alipay+ ;Fu International Payment Partner का रुपमा आबद्ध भई दुइ नेटवर्कबीच भुक्तानी सुचारु गर्नका निम्ती आवश्यक व्यवस्था मिलाइसकेको छ । यस पहल अनुरुप अब एभरेष्ट बैंक सँग सो भुक्तानी सेवा कार्यान्वयन गर्नका निम्ती सम्झौता भएको हो ।

नेशनल पेमेन्ट स्वीच अन्तर्गतको NepalQR मापदण्ड कार्यान्वयन गर्न,  NEPALPAY QR  एक स्वतन्त्र QR स्किमको रुपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरआबद्धता कायम गर्न स्थापना भएको पूर्वधार हो । हाल NEPALPAY QR  को नेटवर्क मा ८५०,००० भन्दा बढि (-Interoperable QR समेतका) मर्चेन्टहरु आबद्ध रहेका छन् । 

एभरेष्ट बैंकले आफ्ना ३९,१६७ डिलिभरी च्यानलहरु, नेपालमा रहेका १०,०९८ शाखाहरु, नेपालबाहिर रहेका २ वटा शाखा, १३,३५० एटिएमहरु तथा १५,७१९ बिजिनेस करेस्पोन्डेन्टहरु मार्फत आफ्ना१४ लाखग्राहकहरुलाई सेवाप्रदानगर्दै आएको छ । बैंकले NEPALPAY QR मा २३ हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध गरिसकेको छ ।  

आइतबार, २५ कार्तिक २०८१, १७ : १९

प्रतिक्रिया