काठमाडौं– कार्तिक २६ सोमवार (११ नोभेम्बर २०२४), कार्तिक शुक्लपक्ष दशमी तिथि, १४ः४१ बजेपछि एकादशी। शतभिषा नक्षत्र, ६ः३९ बजेपछि पूर्वभाद्रपदा। चन्द्रराशि कुम्भ। तदनुसार आजको राशीफल यसप्रकारको छः
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) राशी भएकाहरुको नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । नजिकको व्यक्तिबाट कार्यहरू पुरा हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) राशी भएकाहरुलाई आज वरपरका इष्टमित्रसँग भेटघाट गर्ने अवसर जुट्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । प्रेमी र प्रेमिकाको सहयोग मिल्नेछ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) राशी भएकाहरुको आज नयाँ र मङ्गल कार्यको योजना बन्नेछ । राज्य र समाजबाट सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) राशी भएकाहरुलाई आज अपजस मिल्नसक्ने भएकाले सजग रहनुहोला । आर्थिक कारोबार र नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) राशी भएकाहरुको कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । घरको सामान्य मनोरञ्जनमा सहभागिता भइनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) राशी भएकाहरुको मानसिक चिन्ता बढेपनि श्रमको उचित मल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । रोकिएका काम भने यथावत् नै रहनेछ ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) राशी भएकाहरुको आज राज्यबाट सहयोग पाइने योग छ । प्रेम सम्बन्ध कसिलो हुँदै जानेछ । सेयरबजार र कृषि कारोबारमा अधिक सफलता मिल्नेछ ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) राशी भएकाहरुलाई सामान हराउने वा चोरी हुने भय छ । टाउको एवं आँखा दुख्ने समस्या बढ्न सक्छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे) राशी भएकाहरुको आज सेवामूलक काम गरेर मानसम्मान मिल्ने र प्रतिष्ठामा वृद्धि हुनेछ । वैदेशिक कारोबारमा अधिक सफलता मिल्नेछ । सफल यात्रा पनि हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) राशी भएकाहरुको आज कुनै कुराले मनमा शान्ति छाउनेछ । चिताएको र गरेको कार्यमा सफलता पाइनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) राशी भएकाहरुको प्रतिष्ठा कमाउने बेला छ । परिवारसँग समय बिताउने अवसर जुट्नेछ । शुभकार्यको चर्चा चल्नेछ, तर स्वास्थ्य मापदण्ड अपनाउनु पर्नेछ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि) राशी भएकाहरुको आज सानातिना बाधाअड्चन आइलागे पनि काम रोकिने छैन । कार्य सम्पादनमा सहजता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ ।
प्रतिक्रिया