दक्षिण कोरियामा जन्मदर घट्दो

६ बर्ष अगाडि

सोल( दक्षिण कोरियामा बालबालिका जन्माउने क्रम घट्दै गएको हालै सार्वजनिक एक विवरणले देखाएको छ । 
बुधबार सार्वजनिक गरिएको फेबु्रअरी महिनाको विवरणअनुसार जन्मदर घटेको देखिएको अधिकारीहरुले जनाएका छन् । 
फेब्रुअरी महिनामा नयाँ जन्मिएका बालबालिकाहरुको संख्या २७ हजार ५०० रहेको छ । एक बर्ष अगाडीको तुलनामा अहिले तीन हजार अर्थात् ९।८ प्रतिशत कम बालबालिका जन्मिएका छन् । 
सन् १९८१ देखि यस्तो तथ्याङ्क लिन थालिएकोमा यो अहिलेसम्मकै सवै भन्दा धेरै घटेको तथ्याङ्क हो । 


सन् २०१५ को डिसेम्बरदेखि गत फेबु्रअरीसम्म अर्थात २७ महिनामा बालबालिकाको जन्मदर निकै कम भएको अध्ययनले देखाएको छ । 
ढिला विवाह र एउटा मात्रै सन्तान जन्माउने प्रचलन बढ्दै गएकाले जन्मदर घटेको अनुसन्धानकर्ताहरुले बताएका छन् । 


विवाहमा पनि अघिल्लो बर्षको तुलनामा धेरै गिरावट आएको छ । अघिल्लो बर्ष भन्दा १९ हजार वा ११।६ प्रतिशत कम विवाह यस बर्षको फेब्रुअरी महिनामा भएको छ । 
न्युन मात्रामा विवाह हुनु र जन्मदर घट्दै जानु दक्षिण कोरियाको अर्थतन्त्रका लागि टाउको दुखाइको विषय भएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया