काठमाडौँ - माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको छ ।
असोज १० गतेदेखि निरन्तर परेको अविरल वर्षाले ठूलो पहिरो निम्त्याउँदै माथिल्लो तामाकोशी जलविद्युत आयोजना ९ग्एएभ्च्० को ड्याम साइटमा विनाशकारी क्षति पुर्याएको हो ।
अपर तामाकोशी हाईड्रोपावर लिमिटेडअन्तर्गत सञ्चालित यो जलबिद्युतकेन्द्रको बाँधस्थलमा रहेको ड्याम अपरेशनल कन्ट्रोल बिल्डिङ, सेट्लिङ बेसिन, बक्स कल्भर्ट, हाईड्रो मेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरणहरु,ट्रान्समिशन लाइन तथा बाँधस्थल प्रवेश मार्ग लगायतका संरचनामा क्षति पुगेकाले पूर्ण रुपमा विद्युत उत्पादन बन्द भएको हो ।
बाढीको कारण क्षति भएका संरचनाहरुको मूल्यांकनपश्चात पुननिर्माणको कार्य अघि बढाइएको कम्पनीले जनाएको छ । यो जलविद्युत केन्द्रको विद्युत उत्पादन क्षमता ४५६ मेगावाट रहेको छ ।
प्रतिक्रिया