काठमाडौं - विश्वमै व्यग्र प्रतिक्षा गरिएको अमेरिकी राष्ट्रपतीय निर्वाचन जितेपछि डोनाल्ड ट्रम्पले रुसका शक्तिशाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता गरेका छन्। दुई विश्व नेताले टेलिफोन सम्वाद गरेको अमेरिकी सञ्चारमाध्यम वासिङटन पोस्टले जनाएको छ ।
यस क्रममा ट्रम्पले रुसी राष्ट्रपतिलाई युक्रेनमा युद्ध नबढाउन सल्लाह दिँदै युरोपमा अमेरिकाको ठूलो सैन्य उपस्थितिको स्मरण गराए।
उनीहरूले अमेरिका र रुस सम्बन्धलाई पुनःस्थापना गर्न र युक्रेनमा युद्ध अन्त्य गर्ने दिशामा काम गर्नुपर्नेमा जोड दिए।
फोन संवादका क्रममा दुई नेताले युरोपेली महाद्वीपमा शान्तिको लक्ष्यबारे छलफल गरे। र, ट्रम्पले युक्रेनमा युद्धको चाँडो समाधानका लागि वार्ता जारी राख्ने इच्छा व्यक्त गरे।
यसअघि ट्रम्पले राष्ट्रपति चुनावी अभियानका क्रममा युक्रेनमा युद्ध तुरुन्तै अन्त्य गर्ने दाबी गरेका थिए। ट्रम्प सुरुदेखि नै रुस–युक्रेन युद्धको पक्षमा थिएनन् । उनले यस विषयमा राष्ट्रपति बाइडेनको काफी आलोचना गरेका थिए । ट्रम्पले उक्त युद्धको अन्त्य गर्दै मध्यपूर्वमा शान्ति स्थापना गर्न सके भने दोस्रो कार्यकालकै महत्वपूर्ण उपलब्धी हुने पर्यवेक्षकहरुले बताएका छन् ।
प्रतिक्रिया