बैंक तथा वित्तीय संस्थामा निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

सोमबार, २६ कार्तिक २०८१, १२ : ४७

काठमाडौँ - नेपाल राष्ट्र बैंकले १ अर्ब ८३ करोड २० लाख रुपियाँ बैंक तथा वित्तीय संस्थामा निक्षेपका रुपमा लगानी गर्ने भएको छ । 

राष्ट्र बैंकले विभिन्न कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा राख्न लागि बैंकहरुसँग प्रस्ताव माग गरेको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ३६ करोड, राष्ट्रियस्तरका विकास बैंकहरुमा २५ करोड ५० लाख तथा राष्ट्रियस्तरका वित्तीय संस्थाहरुमा ८ करोड ५० लाख रुपैयाँ निक्षेप जम्मा गर्ने जनाएको छ । 

राष्ट्र बैंकले आगामी मंसिर २ गते देखि लागू हुनेगरी २०८२ मंसिर १ गतेसम्म ३६६ दिनका लागि मुद्दति निक्षेपका रुपमा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित कात्तिक २७ गते साँझ ७ बजेसम्म प्रस्ताव पेश गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।

 
 
 

सोमबार, २६ कार्तिक २०८१, १२ : ४७

प्रतिक्रिया