काठमाडौं - सहकारी ठगी प्रकरणमा आरोपित रवि लामिछाने अहिले पनि अनुसन्धानको क्रममा प्रहरी हिरासतमै छन् । उनलाई गत कार्तिक २ गते प्रहरीले उनको पार्टीकै केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो । उनीसँगै नेपाल प्रहरीका पूर्व डिआइजी छविलाल जोशी पनि हिरासतमै छन् । उनीहरुमाथि सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति सुद्धिकरणमा अनुसन्धान भैरहेको छ । सहकारी ठगी सम्बन्धमा संसदमा समेत आवाज उठेपछि संसदीय छानविन समिति पनि गठन भएको थियो । समतिको सिफारिशकै आधारमा रविमाथि कारबाही अघि बढेको हो ।
तर यस्तै सहकारी ठगीमै आरोपित कांग्रेस उपसभापति धनराज गुरुङ्गलाई भने सरकारले सोधपुछ गर्न नै आवशयक ठानेको छैन । ललितपुरको मितेरी सहकारीबाट उनले पत्नी ज्योती गुरुङ्गगको नाममा १५ करोड निकालेर अपचलन गरेको संस्थाकै अध्यक्ष कुम्भराज गुरुङ्गले सिआबीमा उजुरी दिए । तर सिआइबीले धनराजको नाम हटाएपछि मात्र उजुरी लिन मानेको अध्यक्ष गुरुङ्गले बताएका छन् । उता प्रदेश सहकारी मन्त्रालयले पनि उनको नाम हटाएर मात्र प्रतिवेदन प्रहरीलाई बुझाएको छ । संसदीय समितिले भने गुरुङ्गले ठगीबाट बच्नको लागि मात्र डिभोर्स गरेको उल्लेख गरेको छ । उनले डिभोर्स गरेको एक वर्षपछि एउटा सहकारीबाट ऋण लिंदा पत्नीको नाम ज्योती गुरुङ्ग नै राखेको पाइएको छ ।
रवि सत्ताबाट हटेपछि पक्राउ परे धनराज सत्तारुढ दलको उपसभापति भएकै कारण उन्मुक्ति पाइरहेका छन् । यसैकारण रास्वपाले रविमाथि प्रतिशोध साँधेको आरोप लगाएको हुनसक्छ ।
प्रतिक्रिया