उपनिर्वाचनमा पर्यवेक्षणका लागि निवेदन आह्वान

सोमबार, २६ कार्तिक २०८१, १६ : २१

काठमाडौँ - निर्वाचन  आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थाहरूलाई निवेदन आह्वन गरेको छ।

आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार स्थानीय तह उपनिर्वाचन निर्देशिका २०८१ को अनुसूची- ६३ बमोजिम निवेदनका लागि कार्त्तिक २६ देखि ३० गतेसम्म पाँच दिनको समय दिइएको छ।

पर्यवेक्षणको स्वीकृति प्रदान गर्नुपूर्व सम्बन्धित व्यक्तिसँग आयोगको तर्फबाट सामान्य जानकारीमूलक अन्तरक्रिया गरी वडा वा पालिका तोकेर पर्यवेक्षणको स्वीकृति प्रदान गरिने आयोग जनाएको छ ।

आयोगले निर्वाचन सम्पन्न भएको एक महिनाभित्र अनिवार्यरुपमा प्रतिवेदन लिइ सो उपर छलफल कार्यक्रम गर्ने निर्णय गरेको छ।
 

सोमबार, २६ कार्तिक २०८१, १६ : २१

प्रतिक्रिया