भैरहवा विमानस्थलमा रास्वपाको प्रदर्शन

मंगलबार, २७ कार्तिक २०८१, १२ : ५६

काठमाडौँ - सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा विमानस्थलबाट ल्याइने भएसँगै रास्वपा समर्थकहरुले एयरपोर्टबाट प्रदर्शन सुरु गरेका छन् । 

पोखराको सूर्यदर्शन सहकारीको अनुसन्धानका क्रममा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको अनुसन्धानका लागि भैरहवा  लगिएको हो । रविलाई विमानस्थलबाट जिल्ला प्रहरी कार्यालय लैजाने र त्यसपछि जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि लैजाने तालिका रहेको छ ।

लामिछानेलाई  कात्तिक २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेका हुन् ।

मंगलबार, २७ कार्तिक २०८१, १२ : ५६

प्रतिक्रिया