पक्राउ परेका मनाङेलाई आजै कारागार चलान गरिने

मंगलबार, २७ कार्तिक २०८१, १४ : ००

काठमाडौ-पक्राउ परेका गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री दीपक मनाङेलाई आजै कारागार चलान गरिने बताइएको छ।

मंगलबार बिहान काठमाडौंको सानोभर्‍याङबाट पक्राउ परेका गुरुङलाई अदालतमा उपस्थित गराइएको छ। उनलाई कानुनी प्रक्रिया पुर्‍याएरकारागार चलान गरिने छ।


ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट  दोषी ठहर भएसंगै मनाङेलाई पाँच वर्ष कैद सजाय तोकिएको थियो। त्यसपछि फरार रहेका उनलाई प्रहरीले आज  नियन्त्रणमा लिएको हो। 

मंगलबार, २७ कार्तिक २०८१, १४ : ००

प्रतिक्रिया