१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

मंगलबार, २७ कार्तिक २०८१, १४ : ०५

काठमाडौँ - सरकारले  सार्वजनिक ऋण व्यवस्थापन कार्यालय मार्फत ६ वर्ष अवधिको ‘विकास ऋणपत्र–२०८७’ बोलकबोल मार्फत १० अर्ब बराबर आन्तरिक ऋण परिचालन गर्ने भएको छ  ।

बुधबार बिहान १० बजेदेखि २ बजेसम्म बोलकबोल मार्फत उक्त परिमाणमा आन्तरिक ऋण परिचालन गर्ने भएको हो । उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले २८ कात्तिक बुधबारभित्र बोलकबोल पेस गर्नुपर्ने छ ।

ऋणपत्रको ब्याज अर्धवार्षिक भुक्तानी हुनेछ । ब्याजदर बोलकबोलबाट तय हुनेछ । ऋणपत्र निष्कासन २९ कात्तिक र साँवा भुक्तानी २९ कात्तिक २०८७ मा हुनेछ ।

मंगलबार, २७ कार्तिक २०८१, १४ : ०५

प्रतिक्रिया