काठमाडौँ - सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका गण्डकी प्रदेशका सांसद दीपक मनाङे उर्फ राजीव गुरुङलाई डिल्लीबजार जेल चलान भएको छ ।
सर्वोच्च अदालतले उच्च अदालतले गरेको यसअघि फैसलालाई नै सदर गर्दै उनीमाथि ५ वर्ष जेल सजाय हुने ठहर गरेसँगै उनलाई मंगलबार बिहान प्रहरीले राजधानीको सानोभर्याङ क्षेत्रबाट पक्राउ गरेको थियो । पक्राउ परेसँगै काठमाडौँ जिल्ला अदालतमा पेस भएका उनी लगत्तै डिल्लीबजार कारागार चलान भएका हुन् ।
२०६१ वैशाख ३१ गते काठमाडौंमा चक्रे मिलन भन्न मिलन गुरुङलाई धारिलो हतियार प्रहार गरी ज्यान मार्ने उद्योग गरेको मुद्दामा मनाङेलाई उच्च अदालत पाटनले ५ वर्ष कैद सजाय तोकेको थियो । उक्त फैसलालाई यही कात्तिक २० गते सर्वोच्च अदालतले सदर हुने ठहर गरेपछि प्रहरीले मनाङेलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया