अपर तामाकोशी हाइड्रोपावरको सामान चोरी

मंगलबार, २७ कार्तिक २०८१, १६ : ०७

काठमाडौँ - अपर तामाकोशी हाइड्रोपावर आयोजनाबाट करोडौं मूल्य बराबरका सामग्री चोरी भएको आंशका गरिएको छ ।

बाढी र पहिरोका कारण बन्द रहेको हाइड्रोपावरबाट मर्मतका क्रममा निकालिएका तामा, फलाम, आल्मुनियमलगायत अन्य धातुजन्य सामग्रीहरू चोरी भएको हुन सक्ने अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले जनाएको छ ।

युनियनले सोमबार बिज्ञप्ति जारीगर्दै बहुमूल्य सामग्रीहरू रहस्यमयी तरिकाले गायब भएको भन्दै चोरीमा संलग्न दोषीहरूमाथि कडा कारबाही गर्न माग गरेको छ।

युनियनले आयोजनाको सम्पत्तिको सुरक्षा सुनिश्चित गर्दै यस्ता घटनाको पुनरावृत्ति रोक्न सरकारी निकायलाई तत्काल आवश्यक कदम चाल्न आग्रह समेत गरेको छ।
6733274497046.jpg

मंगलबार, २७ कार्तिक २०८१, १६ : ०७

प्रतिक्रिया