नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित

बुधबार, २८ कार्तिक २०८१, १० : ३०

काठमाडौँ — नबिल बैंक दक्षिण एसियाकै उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डबाट सम्मानित भएको छ । साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्स् (साफा) ले सोमबार श्रीलंकामा आयोजना गरेको कार्यक्रममा नबिललाई सम्मान गरेको हो ।

दक्षिण एसियाका निजी क्षेत्र बैंकिङतर्फ सन् २०२२र२३ को वित्तीय प्रतिवेदनका आधारमा नबिल सम्मानित भएको छ । बैंकलाई वित्तीय पारदर्शिता, जवाफदेहिता तथा सुशासनका लागि यो अवार्ड प्रदान गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

साफाले हरेक वर्ष दक्षिण एसियाका विभिन्न वित्तीय संस्थाको वार्षिक प्रतिवेदनको मूल्यांकन गर्दै उत्कृष्टलाई सम्मानित गर्दै आएको छ ।

safa-awards-13112024010756-1000x0

बुधबार, २८ कार्तिक २०८१, १० : ३०

प्रतिक्रिया