काठमाडौं– सोनापुर मिनरल्स् एन्ड आयल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ८ करोड ५५ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत वर्षको सोही अवधिमा कम्पनी ४६ करोड ९२ लाख नोक्सानीमा थियो । गत वर्षको तुलनामा नोक्सानी रकममा भारी गिरावट देखिएको छ ।
कम्पनी सञ्चालन आम्दानी १ अर्ब ६३ करोडबाट घटेर ३४ करोड ३० लाख कायम भएको छ । यता, वित्तीय खर्च २५ करोडबाट घटेर ७ करोड ७४ लाख रुपैयाँमा झरेको छ । प्रशासनिक खर्च पनि घटेको छ । खर्च घट्दा नोक्सानी पनि कम भएको हो ।
३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँ चुक्ता पुँजी रहेको सोनापुरको जगेडा कोषमा २० करोड ५४ लाख रुपैयाँ देखिएको छ ।
यसको सेयर प्रिमियममा १ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । प्रतिसेयर नोक्सानी ११.१३ रुपैयाँ रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १६०.४५ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया