ऋण तिर्न हिमालयन पावर पार्टनरले हकप्रद सेयर जारी गर्ने

विहीबार, २९ कार्तिक २०८१, ११ : ४०

काठमाडौं– हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ । यस कम्पनीको आज कात्तिक २९ गते बिहीबार बसेको सञ्चालक समिति बैठकले २ बराबर १ को अनुपात अर्थात ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । 

उक्त प्रस्ताव विद्युत नियमन आयोग, यस कम्पनीको साधारण सभा र नेपाल धितोपत्र बोर्डबाट पारित भएपछि सेयरधनीलाई हकप्रद जारी हुनेछ  कम्पनीले बैंकको ऋण तिर्नलाई हकप्रद बिक्री गर्न लागेको हो । 

हाल यस हाइड्रोपावरको चुक्ता पुँजी १ अर्ब ६ करोड ५४ लाख रुपैयाँ रहेको छ । हकप्रदपछि यसको पुँजी १ अर्ब ५९ करोड १२ लाख रुपैयाँ पुग्नेछ । 

विहीबार, २९ कार्तिक २०८१, ११ : ४०

प्रतिक्रिया