सानिमा माइ हाइड्रोपावरको ५ कराेड ८ लाख नाफा घट्यो

विहीबार, २९ कार्तिक २०८१, १२ : ३३

काठमाडौं– सानिमा माइ हाइड्रोपावर लिमिटेड (SHPC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । 

सार्वजनिक वित्तिय विवरणअनुसार सो कम्पनीको खुद नाफा गत वर्षको तुलनामा घटेको छ । चालु आवको पहिलो त्रैमासमा कम्पनीले २० करोड २० लाख रूपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले गत वर्षको सोही अवधिमा २५ करोड २८ लाख रूपैयाँ नाफा कमाएको थियो ।

नाफासँगै कम्पनीको इपिएस पनि घटेको छ । चालु आवको पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको ईपीएस ८ रुपैयाँ ९४ पैसा छ । गत आवको सोही अवधिमा कम्पनीको इपिएस ८ रूपैयाँ १८ पैसा थियो ।

पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ ३ पैसा रहेको छ ।

विहीबार, २९ कार्तिक २०८१, १२ : ३३

प्रतिक्रिया