झमन थापाको स्मृतिमा पाल्पाका चार शैक्षिक संस्थामा अक्षयकोष स्थापना

शुक्रबार, ३० कार्तिक २०८१, ०८ : ०९

काठमाडौं–  स्वर्गीय झमन थापाको स्मृतिमा पाल्पाका चार शैक्षिक संस्थामा अक्षयकोष स्थापना गरिएको छ । 


रामपुरका रामतुलसी नमूना मावि, सीताराम मावि, कालिका मावि र सहिद बहुमुखी क्याम्पसमा रु पाँच लाख ५५ हजार पाँच सय ५५ को अक्षयकोष स्थापना गरिएको हो ।


रामतुलसी नमूना माविमा रु दुई लाख २२ हजार दुई सय २२, सहिद बहुमुखी क्याम्पसमा रु एक लाख ११ हजार एक सय ११, सीताराम माविमा रु एक लाख ११ हजार एक सय ११ र कालिका माविमा रु एक लाख ११ हजार एक सय ११ को अक्षयकोष स्थापना गरिएको हो । 


रामपुर नगरपालिका–४, बाङ्गेपसलका झमन थापाको गत असोज २४ गते २६ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको हो । उनका बुबा नरबहादुर र आमा यमकुमारी थापाले आफ्नो एकमात्र सन्तानले अध्ययन गरेको शैक्षिक संस्था तथा अन्य विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो ।

शुक्रबार, ३० कार्तिक २०८१, ०८ : ०९

प्रतिक्रिया