काठमाडौँ - बिक्रम सम्वत् १९९४ साल कात्तिक ३० गते स्थापना भएको नेपालको पहिलो बैंक नेपाल बैंक ८७ वर्ष पूरा गरी ८८औँ वर्षमा प्रवेश गरेको छ ।
स्थापनाको समयमा १० जना लगानीकर्ताहरूले ८ लाख ४२ हजार रुपैयाँ चुक्ता पुँजी, निक्षेप १७ लाख र १९ लाख लगानीमा बैंक स्थापना भएको थियो । बैंकको उद्घाटन राजा त्रिभुवनबाट वि.सं.१९९४ कार्तिक ३० गतेका दिन भएको थियो।
नेपालका अधिकांश मानिसहरुलाई बैंकको नाम पनि नसुनेको समयमा नेपाल बैंकले बैंकको परिभाषा नै दिएको थियो । स्थापना भएयता नेपाल बैंकले २ दशक केन्द्रीय बैंकको भुमिका समेत निर्वाह गरेको थियो ।
८ लाख रुपैयाँबाट सुरु भएको बैंकको हाल चुक्ता पूँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष २४ अर्ब रुपैयाँ रहेको छ ।
प्रतिक्रिया