काठमाडौँ - मंसिरमा २० वाणिज्य बैंकहरू मध्ये ११ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने ८ वाणिज्य बैंकले स्थिर र एकले सामान्य बढाएको छ ।
मंसिरमा ब्याजदर घटाउने वाणिज्य बैंकमा स्ट्यान्डर्ड चार्टर्ड, प्राइम कमर्सियल, एनएमबि, एनआईसी एसिया, नेपाल एसबीआई, नबिल, माछापुच्छ्रे, लक्ष्मी सनराइज, कुमारी, ग्लाबल आइएमई, सिटिजन्स र कृषि विकास बैंक रहेका छन्।
कार्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिनेमा नेपाल बैंक, सिद्धार्थ, नेपाल एसबिआई, एभरेष्ट, प्रभु, सानिमा, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेका छन् ।
राष्ट्रिय वाणिज्य बैंकको मंसिरमा अधिकतम ब्याजदर ५.८० प्रतिशत रहेकोमा कात्तिकका लागि ०.२ प्रतिशत विन्दुले ब्याजदर बढाएर ६ प्रतिशत पुर्याइएको छ ।
प्रतिक्रिया