काठमाडौँ - शैक्षिक परामर्शदाता संस्था राइटपाथ करियर काउन्सिलिङले ‘युके ग्रान्ड एडमिसन डे’ गर्ने भएको छ।
देशका विभिन्न स्थानहरूमा ‘ग्रान्ड एडमिसन डे’ सम्पन्न गरिसकेको राइटपाथ करियर काउन्सिलिङले आगामी मङ्सिर ३ गते पुतलीसडकस्थित मुख्य कार्यालयमा ‘युके ग्रान्ड एडमिसन डे’ को आयोजना गर्न लागेको हो ।
विशेष गरी युके जाने विद्यार्थीहरूलाई लक्षित गरी सो कार्यक्रम गर्न लागिएको हो । उक्त कार्यक्रममा विद्यार्थीहरूले युकेका ३० भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरूलाई एकै छानामुनि भेटेर प्रत्यक्ष रूपमा आफ्ना जिज्ञासाहरू मेटाउन सक्नेछन् ।
राइटपाथका प्रमुख कार्यकारी अधिकृत (सिइओ) फिलिप डिसीले उच्च शिक्षा हासिल गर्न युके जान चाहने विद्यार्थीहरूले सोही दिनमा सम्पूर्ण आवश्यक कागजातहरू बुझाएमा तत्कालै अफर लेटर प्रदान गरिने जानकारी दिए ।
राइटपाथले उक्त एडमिसन डेमा सहभागी हुने विद्यार्थीहरूका लागि विभिन्न अफरहरूको पनि व्यवस्था गरेको छ । सिइओ डिसीका अनुसार युके ग्रान्ड एडमिसन डेमा सहभागी हुने विद्यार्थीहरूको एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत छुट र आईईएलटीएसमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
साथै एक जना लक्की ड्र विजेतालाई आकर्षक उपहार स्मार्ट फोन गिफ्टह्याम्फरको पनि व्यवस्था गरिएको छ । छोटो समयमा नै देशका विभिन्न स्थानमा राइटपाथले आफ्नो सेवा विस्तार गर्न सफल भएको छ ।
काठमाडौँको पुतलीसडकमा आफ्नो मुख्य कार्यालय रहेको कन्सल्टेन्सीले बानेश्वर, ललितपुर, चितवन, हेटौँडा, दाङ, बुटवल, धनकुटा, भारत र बेलायतमा समेत सेवा विस्तार गरी आफ्नो सेवा प्रदान गरिरहेको छ ।
त्यस्तै, विद्यार्थीहरूले मङ्सिर ३ गते पुतलीसडक स्थित मुख्य कार्यालयमा हुने एडमिसन डे मा सहभागी भई युके सम्बन्धी सम्पूर्ण परामर्श लिन सक्नेछन् । शैक्षिक मेला बिहान १० बजे सुरु भएर बेलुका ५ बजेसम्म चल्नेछ ।
प्रतिक्रिया