काठमाडौं- आजबाट मंसिर सुरु भएको छ । नेपाली परम्परा अनुसार मंसिरदेखि विवाहको लगन सुरु भएको मानिन्छ ।
बिहे गर्ने उमेर पुगेका धेरै युवा–युवतीको पर्खाइको महिना हो, मंसिर । यस वर्षको मंसिरमा पनि थुप्रै जोडीहरू सात फेरा लिने तयारीमा होलान् ।
तर यसवर्षको मंसिरमा ८ गतेका दिन एउटा मात्रै विवाहको साइत छ । यो एक दिनमा बिहे गर्न नभ्याउनेहरुले भने अब लगनगाँठो कस्नका लागि दुई महिना कुर्नुपर्ने भएको छ ।
ज्योतिषीय गणनाअनुसार मंसिरमा ८ गते मात्र बिहेको साइत परेको छ । पुस महिनामा शुभ साइत जुराउन कठिन मानिन्छ । विवाहको लगन हुँदैन । माघ ४ गते र २५ गते साइत छ । माघ महिनामा पनि जम्माजम्मी दुईदिन मात्रै विवाहको साइत छ । फागुनमा भने ८ दिन साइत जुरेको छ । १, ६, ८, ९,१३, २२, २३ र २८ गते बिहेको लगन जुरेको छ ।
मंसिरमा साइत वा लगन जुराएर बिहे गर्नेहरूका लागि धेरै सुविधा नदेखिए पनि उत्तम साइत नजुर्ने दिनमा समेत बिहे गर्न सकिने जानकारहरू बताउँछन् ।
प्रतिक्रिया