चार महिनामा सरकारको आम्दानी ३ खर्ब २९ अर्ब

आइतबार, ०२ मंसिर २०८१, ११ : ३७

काठमाडौँ - चालु आर्थिक वर्ष २०८१\८२ को साउनदेखि कात्तिकसम्मको अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । 

महालेखा नियन्त्रकको कार्यालयका अनुसार यो चार महिनामा सरकारले ३ खर्ब २९ अर्ब १ करोड आम्दानी गरेको छ । जुन आम्दानी वार्षिक लक्ष्यको २२.३६ प्रतिशत हो । 

यो आम्दानी राजस्व, अनुदान र अन्य गरेर सरकारलाई प्राप्त भएको हो । चार महिनामा सरकारलाई अनुदान प्राप्त भएको छैन । चालू आवमा सरकारले ५२ अर्ब ३२ करोड अनुदान लिने लक्ष्य राखेको छ ।  समीक्षा अवधिमा सरकारी खर्च भने ४ खर्ब १५ अर्ब २ करोड भएको छ । सरकारले साउन–कात्तिक महिनामा २ खर्ब ९२ अर्ब ५२ करोड चालु खर्च गरेको छ ।

समीक्षा अवधिमा ३४ अर्ब ५३ करोड १० लाख पुँजीगत खर्च भएको छ भने वित्तीय व्यवस्थातर्फ ८७ अर्ब ९६ करोड २४ लाख रुपैयाँ खर्च भएको तथ्याङ्क छ । 

आइतबार, ०२ मंसिर २०८१, ११ : ३७

प्रतिक्रिया