पुरानो नगद लाभांश बुझिलिन नेपाल एसबिआई बैंकको आग्रह

आइतबार, ०२ मंसिर २०८१, ११ : ४६

काठमाडौँ - नेपाल एसबिआई बैंक लिमिटेडले पुरानो नगद लाभांश रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । 

बैंकले सूचना जारी गर्दै २०७६ मंसिर २९ गते सम्पन्न साधारण सभाबाट पारित भएको १०.८४ प्रतिशत नगद लाभांस बुझिलिन आग्रह गरेको हो । सूचना प्रकाशित भएको १ महिनाभित्र बैंकको सेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेन्ट काठमाडौंमा आवश्यक कागजात तथा विवरणसहित सम्पर्क गर्नुपर्ने बैंकले बताएको छ ।

अन्यथा उक्त अवधिको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ । उल्लेखित पुरानो भुक्तानी हुन बाँकी लाभांशसँग सम्बन्धित सेयरधनीहरुको विवरण बैंकको आधिकारीक वेबसाइटमा राखिएको बैंकले जनाएको छ ।
 

आइतबार, ०२ मंसिर २०८१, ११ : ४६

प्रतिक्रिया