५० अर्बको निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आइतबार, ०२ मंसिर २०८१, १२ : ११

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । 

बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले २१ दिनको लागि बोलकबोल माध्यमबाट ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो । निक्षेप संकलन उपकरणको बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरु सहभागी सहभागी हुन पाउने छन् ।

राष्ट्र बैंकले यसको साँवा तथा ब्याज भुक्तानी मंसिर २३ गते गर्ने जनाएको छ ।

आइतबार, ०२ मंसिर २०८१, १२ : ११

प्रतिक्रिया