वाणिज्य बैंकहरूको सम्पत्ति वृद्धि

आइतबार, ०२ मंसिर २०८१, १७ : २९

काठमाडौँ - गत आर्थिक वर्ष २०८०\८१ मा वाणिज्य बैंकहरूको सम्पत्ति बढेको र लघुवित्त कम्पनीहरूको घटेको छ । 

नेपाल राष्ट्र बैंकले आइतबार अर्थ मन्त्रालयलाई बुझाएको प्रतिवेदनअनुसरा गत आवमा  ‘क’ वर्गका बैंकहरूको कुल सम्पत्ति र दायित्व १२.९ प्रतिशतले वृद्धि भई ७२ खर्ब २७ अर्ब ६० करोड पुगेको छ । गत आवमा विकास बैंकहरूको सम्पत्ति ७.९ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको भनाइ छ । गत आवमा विकास बैंकहरूको कुल सम्पत्ति ७ खर्ब १७ अर्ब पुगेको छ । 

यसैगरी वित्त कम्पनीहरूको सम्पत्ति ११.२ प्रतिशतले वृद्धि भई १ खर्ब ६९ अर्ब ७२ करोड पुगेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । तर लघुवित्तहरूको कुल सम्पत्ति र दायित्व १.३ प्रतिशतले घटेको छ । गत आवमा लघुवित्तहरूको सम्पत्ति तथा दायित्व ५ खर्ब ५३ अर्ब ७३ करोड कायम भएको प्रतिवेदनमा उल्लेख छ ।

आइतबार, ०२ मंसिर २०८१, १७ : २९

प्रतिक्रिया