काठमाडौं- हाथवे इन्भेष्टेमन्टको नाफामा वृद्धि आएको छ । कम्पनीले सार्वजानिक गरेको वित्तिय विवरणअनुसार कम्पनीको नाफामा वृद्धि देखिएको छ ।
कम्पनीले असोज मसान्तसम्ममा ३ करोड ४९ लाख नाफा कमाएको छ । गत आवको सोही अवधिमा १ करोड ५८ लाख नाफा कमाएको थियो । कम्पनीको आम्दानी २ करोड १९ लाख रूपैयाँबाट बढेर ४ करोड ८८ लाख पुगको छ ।
१ अर्ब २८ करोड ७० लाख सेयर पुँजी रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ८२ रूपैयाँ २ पैसा, प्रतिसेयर आम्दानी ५ रूपैयाँ ४४ पैसा छ ।
प्रतिक्रिया