सिटिजन्स बैंकको शेयर बिक्रीमा, प्रतिकित्ता रु १०३ मै पाइने

मंगलबार, ०४ मंसिर २०८१, १० : २८

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयरधनी रघुवेन्द्र अग्रवालको नाममा रहेको ४ हजार ४४० दशमलव ८७ कित्ता शेयर बिक्रीमा राखेको छ।

उक्त शेयर बैंकले यसअघि नै संस्थापक शेयरधनी र त्यसपछि सर्वसाधारणलाई खरीदका लागि प्रस्ताव गरेकोमा आवेदन परेको थिएन। आवेदन नपरेपछि सम्बन्धित शेयरधनीको निवेदनमा प्रतिकित्ता न्यूनतम मूल्य १०३ रुपैयाँ कायम गरी पुनः बिक्री खुला गरिएको बैंकले जनाएको छ।

सो शेयर खरीद गर्न इच्छुक तथा योग्य लगानीकर्ताले ७ दिनभित्र नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

मंगलबार, ०४ मंसिर २०८१, १० : २८

प्रतिक्रिया