काठमाडौं- नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले केही संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको शेयर बिक्रीमा राखेको छ ।
यो शेयर जोकोही व्यक्ति वा संस्थाले खरिद गर्न पाउनेछन् । बैंकले यसअघि नै संस्थापक शेयरधनीका लागि बिक्री खुला गरिसकेको छ । तर तोकिएको समयभित्र आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।
इच्छुक लगानीकर्ताले ७ दिनभित्र बैंकको शेयर शाखा लाजिम्पाट, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया