काठमाडौं- ब्रोकर कम्पनी सीबीआईएल सेक्युरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा (सीईओ) मनिष अर्याल नियुक्त भएका छन् ।
आज बसेको कम्पनीको संचालक समितिको बैठकले अर्याललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
चाटर्ड अकाउन्टेन्ट रहेका अर्याल लामो समयदेखि वित्तीय क्षेत्रमा आवद्ध छन् । अर्याल यसअघि जाल्पा माइक्रो फाइनान्समा अध्यक्षको रुपमा आफ्नो जिम्मेवारी पुरा गरेका थिए।
सीबीआईएल सेक्युरिटिज सिटिजन्स बैकको भगिनी संस्था हो।
प्रतिक्रिया