नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकले ‘स्काईवाक टावर’ मा छुट पाउने

बुधबार, ०५ मंसिर २०८१, ०९ : ५६

काठमाडौँ- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकले काठमाडौंको कमलादीमा रहेको ‘स्काईवाक टावर’ मा विषेश छुट पाउने भएका छन् । सो सम्बन्धी नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र वन्डर्स नेपालबिच सम्झौता भएको छ ।

सम्झौता अनुसार एनआईएमबीका ग्राहकहरूलाई ‘स्काईवाक टावर’ प्रवेश शुल्कमा २० प्रतिशत सम्म विषेश छुट दिने सहमति भएको छ ।एनआईएमबीका ग्राहकहरूले १ जनादेखि ५ जनासम्मले टिकट खरिद गर्दा १५ प्रतिशत छुट र ५ जनाभन्दा बढी सङ्ख्यामा टिकट खरिद गर्दा २० प्रतिशत छुट पाउने बताइएको छ ।

छुट लिनका लागि ग्राहकले एनआईएमबी डेबिटरक्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाईल बैंकिङ्ग) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । बैंकले ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरू दिँदै आएको छ । छुटको विवरण आफ्नो आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको पनि बैंकले जनाएको छ ।

बुधबार, ०५ मंसिर २०८१, ०९ : ५६

प्रतिक्रिया