बैंक तथा वित्तीय संस्थाबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक

बुधबार, ०५ मंसिर २०८१, ११ : ५९

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरूमा भएको ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । 

बोलकबोलको माध्यमबाट केन्द्रीय बैंकले उक्त रकम निक्षेप उपकरणको प्रयोग गरी उठाउने भएको हो । यसका लागि बैंक तथा वित्तीय संस्थाहरूको आज दिउँसो २ बजेसम्म बोलकबोल गर्नुपर्नेछ ।

यसमा भाग लिन घटीमा रु. १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिनेछ । यसमा क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुनेछन् । 

यसको ब्याजदर पनि बोलकबोलबाटै निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ । २१ दिनका लागि उठाउने उक्त रकमको साँवा तथा ब्याज भुक्तानी मंसिर २६ गते हुनेछ । 
 

बुधबार, ०५ मंसिर २०८१, ११ : ५९

प्रतिक्रिया