महालक्ष्मी विकास बैंकद्वारा ८.९९ प्रतिशतमा घर कर्जा

बुधबार, ०५ मंसिर २०८१, १२ : ५५

काठमाडौँ - महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकलाई लक्षित गर्दै एकल अंकको ब्याजदर ८.९९ प्रतिशतमा ‘महालक्ष्मी हरित घर कर्जा’ उपलब्ध गराउने भएको छ।

न्यूनतम २ वर्ष देखी अधिकतम ३० वर्ष अवधी रहने गरी बैंकले यस्तो कर्जा प्रदान गर्नेछ । बैकका अनुसार दिगो र वातावरणमैत्री कर्जा प्रदान गर्ने बैंकको निति बमोजिम यस्तो कर्जा प्रदान गर्न लागेको छ ।

जल उर्जा, फोहोर पानी निर्मलीकरण, वायु उर्जा, सौर्य उर्जा, जैविक उर्जा लगायतका कृषि तथा वन जंगलमा आधारित भएर निर्माण गरिने घरको लागि यस्तो कर्जा प्रदान गरिने बैंकले जानकारी गराएको छ ।

यसैगरी बैकले यस्तो कर्जालाई वातावरणीय विशेषता पुष्टी गर्न सक्ने तथा नवीकरणीय वा दिगो स्रोतहरुको प्रयोग गरेर–गरिएका घर खरिद, घर निर्माण, अर्पाटमेन्ट खरिद, घर थप–पुर्ननिर्माण-मर्मत सम्भार गर्न कर्जा प्रदान गरिने बैंकले जनाएको छ ।

यस्तो कार्यबाट वातावरण संरक्षण गर्न, दिगो विकासको प्रबद्र्धन गर्न तथा नेपाल राष्ट्र बैकको नियामकीय निर्देशनको पालना गर्न समेत सहयोग पुग्ने बैंकको विश्वास छ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै विगत ३० वर्ष देखि वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।


 

बुधबार, ०५ मंसिर २०८१, १२ : ५५

प्रतिक्रिया